![]() |
| जनकवि केशरी धर्मराज थापा |
हार्
जनकवि केशरी धर्मराज थापाको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा काठमाडौंको स्वयम्भूस्थित निवासमा निधन भएको हो । अन्तिम श्रद्धान्जलिका लागि थापाको पार्थिव शरीर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिनेछ ।
थापा उच्च रक्तचाप तथा प्यारालाइसिस पीडित थिए । थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैनथियो । पछिल्लो समय उनलाई मस्तिष्क पक्षघात भएको थियो । कान्छा छोरा डा.बुलन्द थापाका अनुसार तीन दिनदेखि उनलाई उनलाई गाहृो भएको थियो । उनले बोल्न समेत छाडेका थिए । मंगलबार बिहान ५ बजे उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आज ११ देखि २ बजेसम्म श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानको परिसरमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी छोरा थापाले दिए ।
Source:
Nepal must be Ruled by Young Generation अब हाम्रो पालो

0 comments:
Post a Comment