Ma Chahi Nepali - Samriddhi Rai (Official Music Video)

Ma Chahi Nepali - Samriddhi Rai 


                                                      Ma Chahi Nepali - Samriddhi Rai 

Lyricist / Composer/ Singer: Samriddhi Rai 
On Sarangi: Kiran Nepali
Music Production: Rohit Shakya 
Recorded At: Range Records 
Camera: Niroj Shrestha 
Direction/ Edit: Srawan Shrestha/ Sonam Tshiring Lama
A Plexus Inc Production

Special Thanks To (In order of appearance) 
Priya Bhandari, Monayac Karki, Biraj Chhetri, Vijay Bhandari, Madan Krishna Shrestha, Hari Bansha Acharya, Sadikshya Thapa, Rajesh Hamal, Abdus Miya, Kshitiz Raj Lohani, Saunak Bhatta, Ani Wangmo, Lex Limbu, Subek Shrestha, Faija Parween, Maya Shyangten, Rohit John Chhetri 



Lyrics



म चाहिँ नेपाली
शब्द/सङ्गित/स्वरः समृद्धि राई



आज कति भागमा फुट्यौं हामी
जातकै कुरामा अल्झी जानी नजानी
जब संसार मिलिजुली एकै हुँदैछ ।



केटा कुन जातको मनपराईस् ?
केटी कुन थरको तैले भगाईस् ?
किन यहाँ सबैलाई राज्य चाहिएको छ?



को मतवाली को बाहुन क्षेत्री ?
के हामी एकै होइनौं र ?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर ।



तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली ।



मानिस ठूलो जातले हुन्न यहाँ
दिल नै ठूलो सबै थोक भन्दा
मुना मदन आए गए
कसैले केही बुझेन ।



सगरमाथा कसको भागमा पर्ला फेरि ?
बुद्ध बाड्ने कसको जिम्मेवारी
नेपाल, हाम्रो प्यारो देशमा
हिंसा अब चाहिएन



को आदिवासी, को जनजाति
के हामी एकै होइनौं र ?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर



तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली ।



बरदान नै पायौं हामीले
सुन्दर यो हाम्रो देश
कति रमाइलो विविधताको रङ्गिन भेष
सानो राष्ट्र तर सपना विशाल बोकी
संसारै जित्न लम्किदैछ नेपाली ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment