दुलहीजस्तै सिँगारियो काठमाडौं दिनमा भन्दा रातमा राम्रो |




अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । चीनका राष्ट्रपति वा भारतका प्रधानमन्त्री आउँदा काठमाडौंका सडकसमेत पखालेर राम्रो पार्ने प्रचलन छ ।
पाहुना आउँदा सिँगार-पेटारमा रमाउने काठमाडौं सहर फेरि यतिबेला बेहुलीजस्तै सिँगारिन थालेको छ । सडकहरु सफा र झिलीमिली बन्न थालेका छन् । तस्वीरमा हेर्नेलाई पत्याउनै गाह्रो हुन थालेको छ, यो काठमाडौं हो या विदेशको कुनै सभ्य सहर ?
आगामी मंसिरमा हुने सार्क शिखर सम्मेलनमा दक्षिण एशियाका विभिन्न राष्ट्रका प्रमुखहरु काठमाडौं आउने भएकाले यो सहरलाई फेरि एकपटक सिँगार्न थालिएको हो ।
त्यसो त सार्कलाई मात्रै मध्यनजर गरेर होइन कि फराकिलो बनाइएको राजधानीमा सोलारबाट सडक बत्ती बाल्ने अर्को चिनियाँ प्रोजेक्टले पनि यतिबेला राजधानीमा धमाधम निर्माणको काम अघि बढाइरहेको छ । सार्कै सम्मेलनलाई लक्षित गरेर सडक झिलीमिली बनाउने अभियान थालिएको छ ।
सडकमा सोलार बत्ती जडान गरिएपछि राजधानी दिनमा भन्दा रातमा निकै आकर्षक देखिन थालेको छ ।


Source: We Are Proud To Be Mongolian
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment